६० लाख खर्चेर त्यो पनि सुँगुरको मूर्ति पत्याउनु भएन होला हैन ? तर उदयपुर जिल्लाको बेलका नगरपालिकामा धार्मिक तथा पर्यटकीय उद्देश्य राखेर ६० लाख खर्च गरेर सुँगुरको मूर्ति निर्माण गरिएको छ ।
बेलका नगरपालिका जहाँ सुँगुरको मूर्ति निर्माण द्रुत गतिमा भइरहेको छ । बेलका नगरपालिका प्रदेश नम्बर एकको उदयपुरमा पर्छ जुन ठाउँलाई पर्यटकीय हिसाबले अगाडि बढाउने उद्देश्य सहित सुँगुरको मूर्ति निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।
सुंगुरको मूर्तिको उचाइ १२ फिट छ भने लम्बाई १६ फिट रहेको छ । नगरपालिले आफ्नै खर्चमा सो मूर्ति आफैँले बनाएको हो । आउँदो दसैँसम्म उद्घाटन गर्ने तयारी समेत थालिएको छ ।
सुंगुरको यो मूर्तिको डिजाइन राष्ट्रिय प्रज्ञा प्रतिष्ठानले गरेको थियो । अहिले धनु याख्खा कलाकारले उक्त मूर्ति बनाइराखेका छन् ।
जुन ठाउँमा मूर्ति बनाउन लागिएको हो त्यही ठाउँबाट बराह अर्थात् बँदेल हाम फालेर बराह क्षेत्रमा पसेको भन्ने किम्बदन्ती रहेको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।