काठमाडौँ – माधव कुमार नेपाल पक्षलाई गठबन्धनका तर्फबाट गजवको अफर गरिएको हो । नेपाललाई आगामी वर्ष हुने संघीय संसदको चुनावपछिको प्रधानमन्त्री बनाउने सहमति गर्न समेत तयार रहेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्ताव गरेका छन्।
नेता नेपालले निर्वाचन र त्यसपछि चुनावबाट प्रधानमन्त्री बन्ने प्रस्तावमा के गर्ने निर्णय गरिसकेका छैनन्।यस्तै दोस्रो प्रस्तावमा सरकारको काम कारवाहीलाई सहयोग पुग्नेगरी गठन गरिन लागेको उच्चस्तरीय राजनीतिक संयन्त्रको संयोजक बन्न गरिएको छ ।
प्रधानमन्त्री देउवाले गठबन्धनमा छलफल नगरी, सहमति नजुटाइ केही नगर्ने प्रतिवद्धता जनाएका छन् । ‘सरकारलाई सहज पार्न र विवादित विषयको हल खोज्नका लागि पनि उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउन कुरा भएको छ, त्यसको संयोजक माधव नेपाललाई बनाउने प्रस्ताव आएको हो ।
सरकारमा जाने कि एमालेमै मिलेर अघि बढ्ने विषयमा निर्णय गर्न नसकेका नेता नेपाल पक्षलाई भनेजस्तो र रोजेजस्तो मन्त्रालय दिन तयार भएकैले देउवाले मन्त्रिमण्डल विस्तार समेत गरेका छैनन्। नेता नेपाल पक्षलाई ६ वटा महत्वपूर्ण मन्त्रालय रोजेर लिन अफर गरेको स्रोतले दाबी गरेको छ। तर, नेपालले यसबारेमा पनि निर्णय गर्न सकेका छैनन् ।
सरकारमा सहभागी नभए अब गरिने राजनीतिक नियुक्तिमा नेपाल पक्षबाट ६० प्रतिशत भन्दा बढीलाई नियुक्ति गर्न तयार रहेको प्रधानमन्त्री देउवाले नेता नेपाललाई बचन दिएका छन्। नेपाल पक्षलाई जसरी पनि सरकारमा आउन देउवा–प्रचण्डले आग्रह गरिरहेका छन् ।
नेता नेपाललाई विप्लव, मोहन बैद्य, विश्वभक्त दुलाल आहुति लगायतका कम्युनिष्ट पार्टीहरूलाई एकै ठाउँमा राखेर बनाइने समाजवादी केन्द्रको अध्यक्ष बन्न प्रस्ताव गरिएको छ। प्रचण्डलाई कम्युनिस्ट पार्टीबीच एकता गरेर जान सुझाव आइरहेका बेला उनले नेता नेपाललाई समाजवादी केन्द्रको अध्यक्ष बनेर एकताको भूमिका खेल्न प्रस्ताव गरिएको हो।