नेकपा एमाले भित्र समानान्तर पार्टी अभ्यास गरिरहेको माधव नेपाल समूहको केन्द्रीय कमिटी बैठक आज पनि जारी रहेको छ ।
विहान ११ बजेदेखि बुद्धनगरस्थित क्वालिटी पार्टी प्यालेसमा बस्ने बैठकमा केन्द्रीय सदस्यहरुका सुझाव लिइने माधव नेपालको सचिवालयले जनाएको छ ।
विहीवार शुरु भएको बैठकमा केही केन्द्रीय सदस्यले सुझाव दिएका थिए । अधिकांशले कार्यदलले माधव नेपाललाई धोका दिएको भन्दै अहिलेको अवस्थामा केपी ओलीसँग एकता हुन नसक्ने सुझाव दिएका थिए ।
केन्द्रीय सदस्यहरुको सुझाव लिइसकेपछि नेपालले जिल्ला पदाधिकारीहरुसँग समेत छलफल गर्ने भएका छन् ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।