आइतबार, कार्तिक २ २०८३
ताजा अपडेट

एक सांसदले ट्वाइलेटको चप्पल चोरेर भागेपछि !


  • बिहिबार, साउन २१ २०७८
25K
SHARES

सांसद विमला ओली

काठमाडौँ – लुम्बिनी प्रदेशसभा सांसद विमला ओलीले ट्वाइलेटको चप्पल चोरेर भागेको खुलेको छ । वलिले आफूलाई मुख्यमन्त्री शंकर पोखरेलले बन्धक बनाउन खोजेको आरोप लगाएउँदै सबैजना आराम गरिरहेको समयमा ट्वाइलेटको चप्पल चोरेर भागेको बताएकी हुन् ।

बिहीबार पत्रकार सम्मेलन गर्दै उनले आफू नेपालगञ्ज जाने भनेर गाडी चढेको तर बुटवलस्थित मुख्यमन्त्री पोखरेलको निवासमा पुर्याइएको बताएकी हुन् । एमालेका प्रमुख सचेतक भूमिश्वर ढकाल र नेता मानबहादुर रावतले तुलसीपुरस्थित घरबाट गाडी चडाएर बुटवल पुर्याएको उनको ठहर छ ।

उनले आफूलाई साउन १८ गते विज्ञप्ती लेखेर पढ्नै नदिई जबर्जस्ती हस्ताक्षर गराइएको आरोप लगाएकी छन् । उनीहरुले आफूलाई २० गतेसम्म नै मुख्यमन्त्री निवासमा राख्दा मानसिक पीडा भएको उल्लेख गरेकि छन् ।

‘दुइ तीनवटा माइनट जस्ता रजिष्टरमा पनि जबरजस्ती हस्ताक्षर गराइयो यति घटना गराइसकेपछि अब मलाई घर जान दिन्छन् र बाहिर गएर यो जबरजस्तीको खण्डन गर्छु भनेर सोचेको थिए, तर अझ कडाइका साथ साउन १९ गते देखि मुख्यमन्त्री निवास भित्रै राखियो २० गते बिहान मलाई असहय मानसिक पीडा भयो, यहाँबाट जसरी पनि निस्कनु पर्छ भनेर सोच बनाएर समय र परिस्थिति हेरी म आज जसरी पनि निस्कनु पर्छ भनेर तयारी गरे ।’ उनले भनेकी छन् ।

अत्यन्त मानसिक पीडा भएपछि उनले त्यहाँबाट आफू भाग्नका लागि सुहाउँदो समय खोजेको बताएकी छन् । उनले दिनको पौने १२ बजे सबै आराम गरेको बेलामा आफू ट्वाइलेटको चप्पल लगाएर नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) संसदीय दलको कार्यालयमा पुगेको उल्लेख गरेकी छन् ।

‘दिनको पौने १२ बजेतिर सबै आराम गरिरहेको मौका हेरी ट्वाइलेटको चप्पल लगाएर नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) संसदीय दलको कार्यालयमा पुगे, जहाँ मेरो आफनै बुल्ला र स्वतन्त्र संसारमा पुगेको अनुभूति गरे ।’ विज्ञप्तिमा उनले भनेकी छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा