शनिबार, साउन ३० २०८३
ताजा अपडेट

विमलालाई उहाँकै इच्छाअनुसार मुख्यमन्त्री निवास पुर्‍याएको हुँ : भूमिश्वर ढकाल


  • बिहिबार, साउन २१ २०७८
10.2K
SHARES

भूमिश्वर ढकाल

नेकपा एमाले लुम्बिनी प्रदेशसभाका मुख्य सचेतक भूमिश्वर ढकालले प्रदेश सभा सदस्य विमला खत्री वलीकै राजीखुसीमा दाङबाट मुख्यमन्त्रीको निवासमा पुर्‍याएको दाबी गरेका छन् ।

एमालेमै फर्किएको विज्ञप्ति पनि उनकै इच्छाअनुसार सार्वजनिक भएको ढकालको भनाइ छ ।

प्रदेशसभा सदस्य विमलाले बिहीबार बुटवलमा पत्रकार सम्मेलन गरी आफूलाई एमाले प्रमुख सचेतक भूमिश्वर ढकाललगायतले जबर्जस्ती मुख्यमन्त्री निवास पुर्‍याएर ‘बन्धक’ बनाएको र एमालेमा फर्किएको वक्तव्य जारी गर्न लगाएको बताएकी थिइन् ।

साउन १५ देखि आफूलाई मुख्यमन्त्रीकै निवासमा राखेको र २० गते शौचालयको चप्पल लगाएर भागेको उनको दाबी छ ।

प्रमुख सचेतक ढकालले विमलालाई मुख्यमन्त्रीको निवास पुर्‍याएको स्वीकार गरेका छन्, तर जबर्जस्ती नभई उनकै इच्छाअनुसार भएको बताए ।

ढकालका अनुसार उहाँले मुख्यमन्त्रीसँग कुरा गर्छु भनेपछि सल्लाहमै नयाँ कपडा लगाएर, झोला भिरेर, घरबाट हामीसँग हिंड्नु भएको थियो । जबरजस्ती गरिएको होइन ।’ दाङबाट बुटवलस्थित मुख्यमन्त्रीको निवासमा ल्याउने बेला विमलासँगै उनकी दिदी र भिनाजुको भाइ पनि सँगै गाडीमा रहेको ढकालले बताए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा