शनिबार, साउन ९ २०८३
ताजा अपडेट

कुलमान निर्विकल्प होइनन्, अवसर दिए अरु कुलमान भेटिन्छन् : वाईसीएल अध्यक्ष


  • बिहिबार, साउन २१ २०७८
13.9K
SHARES

फाइल तस्विर

नेकपा माओवादी केन्द्रका नेतासमेत रहेका वाईसीएल अध्यक्ष रामप्रसाद सापकोटाले कुलमान घिसिङबाहेक अरु विकल्प छैनन् भन्ने बुझाइबाट मुक्त हुनुपर्ने बताएका छन् ।

वाईसीएल अध्यक्ष सापकोटाले सामाजिक सञ्जाल फेसबुकमा आफ्नो वक्तव्य दिदै मुुलुकलाई एक होइन हजार कुलमान चाहिएको र अवसर दियो भने त्यस्तो व्यक्ति भेटिने धारणा व्यक्त गरेका छन् ।

सापकोटाले भनेका छन्, ‘कुलमान घिसिङकाे नियुक्तिप्रक्रियादेखि आजसम्म उनको पक्षमा खडा हुनेमध्यको म पनि एउटा हुँ। हामीलाई एक कुलमान होइन हजार कुलमान चाहिएको छ । खोज्यो भने र अवसर दियो भने भेटिन्छ । निविर्कल्प देख्नुहुँदैन भन्ने मेरो बुझाईलाई कुलमान विरोधी देख्ने उत्तेजनाप्रति केहि भन्नु छैन ।’

विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनः कुलमानलाई ल्याउने चर्चा चलिरहेका बेला सापकोटाले अरुलाई अवसर दिएर कुलमान बन्ने मौका दिइनुपर्ने बताएका हुन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा