शुक्रबार, असोज ३० २०८३
ताजा अपडेट

डेढ करोडसँग लालपुर्जा


  • शुक्रबार, जेष्ठ २४ २०७६
20.9K
SHARES

मुलुकभर डेढ करोडभन्दा बढी नेपालीसँग जग्गाधनी प्रमाणपत्र (लालपुर्जा) रहेको पाइएको छ । भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गत भूमि व्यवस्था तथा अभिलेख विभागको प्रारम्भिक तथ्याकंअनुसार १ करोड ५५ लाख ३८ हजार नेपालीले जग्गाको लालपुर्जा लिएका हुन् । निजी जग्गाजमिन कतिसँग छ भन्ने यकिन विवरण यसअघि सरकारले सार्वजनिक गरेको थिएन ।

सरकारले यो तथ्याकंअनुसार लालपुर्जा लिनेको संख्या कुल जनसंख्याको करिब ५० प्रतिशत हो । पछिल्लो अनुमानित आँकडाअनुसार नेपालको कुल जनसंख्या ३ करोडको हाराहारीमा छ ।

अभिलेख विभागको प्रारम्भिक तथ्याकंअनुसार ३४ लाख ५४ हजार ६ सय ३ विघाभन्दा बढी सार्वजनिक जग्गाजमिन रहेको उल्लेख छ । यो समाचार आजको नागरिक दैनिकमा मातृका दाहालले लेखेका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा