सोमबार, कार्तिक १० २०८३
ताजा अपडेट

कुलमान बाहेकले प्राधिकरण हाँक्न सक्दैन भन्‍ने धारणाले संस्था असफल हुन्छ : सिलवाल


  • बुधबार, साउन २० २०७८
14.4K
SHARES

नेकपा एमालेका सांसद नवराज सिलवालले कुलमान घिसिङबाहेक अरुले नेपाल विद्युत् प्राधिकरण हाँक्न सक्दैन भन्ने धारणा जबर्जस्त बनाउन खोजिएको बताएका छन् । यस्तो धारणाले हाम्रा संस्था र प्रणालीलाई असफलतातिर लैजाने उनको भनाइ छ ।

सिलवालले सामाजिक सन्जालमा लेखेका छन्, ‘कुलमान असल र व्यवसायिक व्यक्ति हुन् म उनको क्षमता माथि शंका गर्दिन तर जुन ढंगले कुलमानबाहेक देशमा अरु कसैले प्राधिकरण हाँक्न सक्दैन भन्ने खालको न्यारेटिभको जवर्जस्त प्रयोग गरिंदैछ, यसले हाम्रा संस्था र प्रणालीलाई असफलतातिर लैजाने छ ।’

व्यक्तिभन्दा पनि संस्थाहरुको प्रणाली र संस्कारलाई समयानुकूल परिमार्जन गर्नुपर्ने उनले उल्लेख गरेका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवा र ऊर्जामन्त्री पम्फा भुसालले विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा घिसिङलाई ल्याउने तयारी गरेका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा