१ सय २७ किलो लागुऔषध गाँजासहित प्रहरीले मकवानपुरको मनहरी गाउँपालिकाबाट तीन जनालाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार बुधबार बिहान ७ बजे मनहरी गाउँपालिका–८ सिमपानीबाट तीन जनालाई १२७ किलो गाँजासहित पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा भारत वैशाल जिल्लाका ३८ वर्षीय रामराज सहनी, ट्रकमा सवार भारतको समस्तिपुर १८ वर्षीय राहुलकुमार सहनी र वीरगञ्ज महानगरपालिका–९ चुर्नी बस्ने ३० वर्षीय रियाजुल अंसारी छन् ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता जयश्वर रिमालका अनुसार सुचनाका आधारमा बिआरई २८३९ नम्बरको भारतीय ट्रकलाई रोकेर चेक जाँच गर्दा उक्त परिमाणको गाँजा फेला परेको हो ।
प्रहरीले ट्रक पनि नियन्त्रणमा लिएको छ । अहिले पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।