ओली पक्षका नेता तथा पूर्व सञ्चार मन्त्री गोकुल बास्कोटाले एमालेका वरिष्ठ नेता माधब कुमार नेपालले नेकपा पार्टी छोड्न लागेको असय सहितको अभिव्यक्ति दिएका छन् ।
माधव समूह एमालेमै फर्किएर बस्ने या नयाँ पार्टी बनाउने भन्ने दोधारमा रहे जस्तो देखिएका माधब नेपाल उपर लक्षित गर्दै ओली पक्षीय नेता बास्कोटाले सोसल साईटमा लेख्छन् , “क्वलीटीमा भोलि माधव कमरेडले एमालेलाई रातो बत्ती देखाएर कलम पार्टी घोषणा गरी माओवादी पार्टीमा जाने ढोका खोल्ने र अन्तत भाइ काँग्रेस भई नयाँ अग्रगामी इतिहास रच्ने लास्ट प्रयास गर्ने ” भन्दै नेता नेपाललाई कटाक्ष गरेका छन् ।
नेकपा एमालेको मनोनित केन्द्रीय सदस्य समेत रहेको बास्कोटा बोलीकै कारण चर्चामा आइरहने नेता हुन् ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।