आफूले आफ्नो विकल्प नदेखेका निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली को सत्ता बहिर्गमन भए सँगै सुखी नेपाली समृद्ध नेपालको नारा पनि सँग सँगै गएको छ ।
आफ्नू विकल्प आफै मात्र हुँ भन्ने शैलीले संविधानको सबै धाराबाट आफू मात्र सरकार चलाउने केपी शर्मा ओलीको महत्त्वाकाङ्क्षा माटोको हाँडी झैँ फुटेको स्पष्ट देखियो ।
स्वयम ओलीको कार्यशैली र काम गराइमा विकल्पै नेदेखि गरिएको अहङ्कारका कारण हुँदा खाँदाको प्रधानमन्त्री पद नमज्जाले ढल्यो ।
‘सुखी नेपाली र समृद्ध नेपाल’ को नारा कार्यान्वयन गरेर इतिहास बनाउने सुनौलो अवसर हेर्दा हेर्दै खेर गयो । पहिलो पटक प्रधानमन्त्री हुँदा बनाएको छवि दोस्रो पटक प्रधानमन्त्रीको हुँदाको कार्यशैली र दम्भले सखाप भयो ।
ओलीको दम्भले मुद्दा अदालत सम्म पुग्यो । परमादेशबाट देउवालाई प्रधानमन्त्रीको ‘चिट्ठा पर्यो । प्रतिपक्षमा बस्ने जनादेश पाएका देउवा अदालतले पारी दिएको चिट्ठा पाएर गद्गद् देखिन्छन तर आम जनताका लागि ओली जानु र देउवा आउनु बादरका हातमा नरिवल जस्तै हुने हो की भन्ने चिन्ता छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।