शनिबार, साउन ३० २०८३
ताजा अपडेट

यार्सा टिप्न गएका १२ वर्षका बालकको हिउँमा चिप्लेर मृत्यु


  • बिहिबार, जेष्ठ २३ २०७६
19K
SHARES

२३ जेठ, दार्चुला ।

दार्चुलामा यार्सा टिप्न गएका १२ वर्षका बालकको हिउँमा चिप्लेर मृत्यु भएको छ । जिल्लाको व्याँस गाउँपालिका २ दुम्लिङ गोठानका अनिष विष्टको यार्सा टिप्न गएका बेला हिउँमा चिप्लेर मृत्यु भएको स्थानीय नरेन्द्र बुढोथोकीले बताए ।

व्याँसको दुधिवन क्षेत्रमा यार्सा टिप्न गएका बालकको पाटनबाट फर्किने क्रममा हुमदुम्ती भन्ने ठाउँमा हिउँमा चिप्लिएर ५ सय मिटर तल खस्दा घटनास्थलमै मृत्यु भएको हो । अनुगमन तथा सुरक्षामा खटिएको सुरक्षाकर्मीहरुको टोलीले बालकको शव घरसम्म पुर्‍याइदिएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा