बिहिबार, कार्तिक २० २०८३
ताजा अपडेट

कैलाली र कञ्चनपुरमा भीषण हावाहुरी


  • बिहिबार, जेष्ठ २३ २०७६
26.9K
SHARES

काठमाडौं– सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुरका विभिन्न स्थानमा भीषण आँधीहुरी आउँदा डेढ दर्जन नागरिक घाइते भएका छन् ।

बिहीबार साँझ साढे ७ बजेतिर आएको हावाहरीका कारण धनगढीमा १० जना घाइते भएका छन् । यस्तै  रुखहरु ढल्नाका साथै सयौं घरका छानाहरु उडाएको खबर प्राप्त भएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख एसपी सुदीप गिरीले आँधीहरुबाट जनजीवन प्रभावित बनेको र उद्दारकार्य जारी रहेकाले थप मानवीय क्षतिको विवरण आउन बाँकी रहेको जानकारी दिए । उनले जिल्ला प्रहरी कार्यालयको वाल र होरिङ बोर्ड हुरीले उडाएको जानकारी दिँदै ठाउँठाउँमा रुखहरु ढल्दा सडक अवरुद्ध बन्न पुगेको बताए ।

जिल्लाभरी नै हुरीको प्रभाव परेको पनि उनको भनाई छ ।

यता कञ्चनपुरमा पनि हुरीको व्यापक प्रभाव परेको छ । विशेषगरी महेन्द्रनगर र आसपासको क्षेत्रमा हुरीको प्रभाव परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । हुरीबाट ८ जना घाइते भएको र उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
अहिले प्रभावित क्षेत्रमा सामान्य वर्ष भइरहेको भएपनि हुरी भने आउन रोकिएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा