शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

अब माधव नेपाल जस्ता आन्दोलन विरोधीका लागि पार्टीमा ठाउँ छैन : ओली


  • शनिबार, साउन १६ २०७८
12.7K
SHARES

फाइल तस्विर

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालजस्ता नेताहरुका लागि पार्टीमा ठाउँ नभएको बताएका छन् ।

शनिबार नेकपा एमालेको काठमाडौं जिल्ला कमिटीको बैठकमा वामपन्थीको सरकार ढाल्ने र दक्षिणपन्थीको सरकारलाई विश्वासको मत दिएको भन्दै उनले माधव नेपालका लागि पार्टीमा ठाउँ नभएको बताए ।

माधव नेपालहरुले गरेको गल्ती सानोतिनो नभएको भन्दै ओलीले उनीहरुकै कारण आफ्नो सरकार ढलेको, पार्टी विभाजित भएको र दक्षिणपन्थीको सरकार बनेको दावी गरे ।

ओलीले भने, ‘गल्ती सानोतिनो होइन । कम्युनिस्ट सरकार ढल्यो, पार्टी विभाजन भयो । दक्षिणपन्थी सरकार बन्यो । अग्रगमनका सपना, सामाजिक न्याय सुशासन र विकासका सपना कुठाराघात भयो, गम्भीर धक्का लाग्यो । यी सबैका बाबजुद बाटो बिराएकाहरु मुख्य मुख्य अपराधीबाहेक । …अब माधव नेपालजस्ता आन्दोलनरविरोधी देशद्रोहीलाई कुनै ठाउँ छैन । जसले बामपन्थी सरकार ढाल्ने, दक्षिणपन्थी सरकार बनाउने दक्षिणपन्थीको समर्थनमा फ्लोर क्रस गर्ने विश्वासको मतमा भोट हाल्ने, आफ्नो पार्टीेको अध्यक्ष, आफ्नो पार्टीका प्रधानमन्त्रीले विश्वासको मत माग्दा २७ जना बाहिर लिएर गई त्यो सरकार ढाल्ने, अनि दक्षिणन्थी सरकार गठन गरेर त्यो सरकारलाई समर्थन दिन फ्लोर क्रस गर्ने, इज्जत छोडेर पछाडिको बेन्चमा बसेर, पछडिको ढोकाबाट लुसुक्क छिरेर बेइमानीपूर्ण ढंगले समर्थन दिने, अर्काको पार्टीलाई समर्थन दिन, दक्षिणपन्थी सरकारलाई मेरो विश्वास छ भनेर विश्वास जाहेर गर्न ह्वीप उल्लंघन गरेर, फ्लोर क्रस गरेर भोट हाल्न जाने यो भन्दा निर्लज्ज, यो भन्दा प्रतिक्रियावादीहरुको दलालीको काम के हुन्छ ? त्यसकारण यस्ता प्रतिक्रियावादीहरुका मतियार यस्ताका लागि ठाउँ छैन ।

माधव नेपालबाहेकका अरु भने पार्टीमा फर्किएमा मौका दिने ओलीले बताए । तर उनीहरुलाई पनि धेरै समय नकुर्ने ओलीले बताए । ‘अरु साथीहरु गल्ती महसुस गरेर फर्किनुहन्छ भने मौका दिन्छौं । आउनुस् यो पार्टी हामी सबै मिलेर बनाएका हौं । मैले पटक पटक भनेको छु । हामी सबैले बनाएका हौ । गल्ती भइहाल्यो भने पनि त्यसलाई सच्याएर आउनुस् काम गरौं’ उनले भने ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा