प्रदेश १ मामात्र एक हजार १०४ जना कोरोना संक्रमित थपिए ।
बिहीबार ११५ जना संक्रमितलाई आईसीयूमा राखेर उपचार गरिएको छ, जसमा ४६ जनालाई भेन्टिलेटरमा राखिएको छ । बुधबार प्रदेशमा एक हजार १८० जना नयाँ संक्रमित थपिएका थिए । त्यस दिन ९२ जना आईसीयूमा थिए, जसमध्ये ३७ जनालाई भेन्टिलेटरमा राखिएको थियो ।
केही दिन यता कोरोना संक्रमितको संख्या बढ्दो क्रममा छ । त्यसमा पनि सिकिस्त खालका बिरामीको संख्या पनि बढ्दै छ । प्रदेश १ सरकारको सामाजिक विकास मन्त्रालयको पछिल्लो साताको तथ्याङ्क हेर्दा कोरोना संक्रमितको संख्या पुनः बढ्दै गएको पुष्टि गर्छ ।
संक्रमितको संख्या बढेसँगै आइसीयू तथा भेन्टिलेटरमा राख्नुपर्ने बिरामीको संख्या पनि बिस्तारै उकालो लाग्न थालेको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।