शनिबार, साउन ९ २०८३
ताजा अपडेट

दार्चुला काण्ड : खोला तर्दै गर्दा भारतीय प्रहरीले काटिदियो तुइन, ३५ बर्षिया धामी व्यपत्ता


  • शुक्रबार, साउन १५ २०७८
16.9K
SHARES

फाइल तस्विर

काठमाडौं – भारतीय प्रहरीले तुइनमार्फत खोला तर्दै गरेका एक युवालाई व्यपत्ता बनाएको छ । नदी तर्ने क्रममा तुइन काटिदिएपछि ३५ वर्षीय युवा जयसिंह धामी नदीमा खसेर बेपत्ता भएका हुन् ।

‘दार्चुला जिल्लाको व्यास गाउँपालिकाबाट भारत उत्तराखण्ड राज्यको पांगल हुँदै खलंगा आउंदै गर्दा तुइनबाट महाकाली नदी तर्ने क्रममा भारतीय एसएसबीका जवानले तुइन काटिदिएका कारण घटना उनी बेपत्ता भएको हुन् ।

यो घटना अत्यन्तै दुःखद मात्रै होइन अमानवीय र अत्यन्तै आपत्तिजनक भएको भन्दै कांग्रेसले आपत्ति जनाएको छ । कांग्रेसले दार्चुलाको गम्भीर घटनाको सम्पूर्ण वास्तविकता बाहिर ल्याउन र आफ्नो नागरिकलाई न्याय दिलाउन सरकारसँग माग गरेको छ ।

कांग्रेसका प्रवक्ता विश्‍वप्रकाश शर्माले विज्ञप्ति जारी गर्दै घटनाको सम्पूर्ण वास्तविकता सार्वजनिक गर्न, भारतीय पक्षसँग यसबारेमा संवाद गर्न, आफ्नो नागरिकलाई न्याय दिलाउन, सम्बन्धित परिवारजनलाई राहत दिन/दिलाउन माग गरेका हुन् ।

विज्ञप्तिमा भनिएको छ, ‘युवा नदीमा वेपत्ता भएको घटनासँग सम्बन्धित प्रश्नप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराउंदछु । भारतीय एसएसबीका जवानले तुइन काटिदिएका कारण घटना भएको समाचार सार्वजनिक भए पश्चात जिल्ला पार्टी सभापति ललितसिंह बोहरा र अन्य नेतृत्व तहले स्थानीय रूपमा गरेको थप सम्पर्क पश्चात सोही विवरण केन्द्रमा प्राप्त भएको छ । नदी तर्ने क्रममा तुइन काटिदिएपछि ३५ वर्षीय युवा जयसिंह धामी नदीमा खसेर बेपत्ता भएको घटना अत्यन्तै दुःखद मात्रै होइन अमानवीय र अत्यन्तै आपत्तिजनक छ ।’

यसका साथै दार्चुला घटनाको सम्पूर्ण वास्तविकता सार्वजनिक गर्न, भारतीय पक्षसँग यसबारेमा संवाद गर्न, आफ्नो नागरिकलाई न्याय दिलाउन, सम्बन्धित परिवारजनलाई राहत दिन/दिलाउन कांग्रेसले सरकार समक्ष माग गरेको छ ।

यस्तै आफ्नो नागरिकको जीवन सुरक्षा गर्ने दायित्व बोकेको सरकारले यसलाई अत्यन्तै गम्भीरतापूर्वक लिएर आवश्यक गम्भीर पहलकदमी गर्न समेत कांग्रेसले माग गरेको छ ।

दार्चुलाको ब्यास गाउँपालिका–२ मालघाटमा महाकाली नदी तर्ने क्रममा तुइनबाट खसेर एकजना बेपत्ता भएका थिए । बिहान ५,६ जना स्थानीयले तुइनबाट महाकाली नदी पार गरेको र धामी भने खसेर महाकाली नदीमा बेपत्ता भएका थिए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा