शनिबार, साउन ९ २०८३
ताजा अपडेट

२४ घण्टामा थपिए ३६ सय ११ संक्रमित


  • शुक्रबार, साउन १५ २०७८
12.4K
SHARES

फाइल तस्बिर

पछिल्लो २४ घण्टामा देशभर ३६११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोही अवधिमा २७ जनाको मृत्यु भएको जनाएको छ ।

मन्त्रालयका अनुसार बितेको २४ घण्टामा १८१६ जना संक्रमणमुक्त भएका छन् ।

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ६ लाख ९३ हजार १०९ जना र एन्टिजेन विधिबाट भएको परीक्षणमा ६० हजार ५२४ जना पुगेको छ । यस्तै हालसम्म कुल संक्रमितमध्ये ६ लाख ५२ हजार २६१ पुगेको छ ।

हालसम्म मृतकको संख्या ९ हजार ८३४ पुगेको मन्त्रालयले शुक्रबार जानकारी दिएको छ । हाल कोरोना निको हुने दर ९४।१ प्रतिशत रहेको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा १४ हजार ६६१ जनाको परीक्षण भएको थियो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा