१५ साउन, काठमाडौं ।
नेकपा (एमाले)का उपाध्यक्ष भीम रावलले मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी) कार्यान्वयन सम्झौता संसदमा पेश गर्न माग गरेका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद रावलले एमसीसी सम्झौता संसदबाट अनुमोदन नै नभई कार्यालय खोल्ने, भूमि अधिग्रहण गर्ने जस्ता काम शुरु भइसकेको बताउँदै सांसदमा पेश गर्नुपर्ने बताएका छन् ।
यस सन्दर्भमा उनले भने, ‘मूल सम्झौतासँगै भएका सबै सम्झौता सांसदमा पेश गरियोस् ।’ उनले एमसीसीमा भएका स्वाधीनता, राष्ट्रियहित र स्वतन्त्र परराष्ट्र नीति विपरीतका प्रावधानहरु परिवर्तन नभई सम्झौता गरिए राष्ट्रघात हुने बताए ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।