शनिबार, साउन ९ २०८३
ताजा अपडेट

पूर्वमाओवादी नेताहरुको रिट निवेदनमाथिको सुनुवाई स्थगित


  • शुक्रबार, साउन १५ २०७८
15.4K
SHARES

फाइल तस्विर

पूर्वमाओवादी नेताहरुले सांसद पद कायम गरी पाउँ भनी सर्वोच्च अदालतमा दिएको रिट निवेदनमाथिको सुनुवाई स्थगित भएको छ ।

पूर्वमाओवादी नेताहरु लेखराज भट्ट, टोपबहादुर रायमाझी, गौरी शंकर चौधरी र प्रभु शाहले आफूहरुले माओवादी परित्याग गरी एमाले प्रवेश गरेको घोषणा नगर्दै सांसद पदबाट निकालिएको जिकिर गर्दै आफुहरुको सांसद पद कायम गरि पाउँ भनी सर्वोच्चमा रिट दायर गरेका छन् ।

शुक्रबार न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासमा उनीहरुको रिटको पेसी तोकिएको थियो । तर, रिट निवेदकतर्फका कानुन व्यावसायीहरुले सुनुवाइ स्थगित गर्न आग्रह गरेपछि शुक्रबारलाई सुनुवाई स्थगित भएको सर्वोच्च अदालतले जनाएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा