नेकपा एमाले साउन १५ का अवसरमा आज खीर खुवाउने भएको छ । साउन १५ का अवसरमा पार्टी केन्द्रीय कार्यालय थापाथलीमा खीर खुवाउने कार्यक्रम राखिएको एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए ।
उनका अनुसार नेपाली किसानहरूले साउन १५ लाई खीर खाने दिनका रूपमा मनाउँदै आएको र त्यसैलाई निरन्तरता दिन एमालेले खीर खाने कार्यक्रम आयोजना गरेको हो ।
त्यसका लागि शुक्रबार दिउँसो २ बजेदेखि ३ बजेसम्म सबैलाई पार्टी कार्यालयमा आउन निम्ता पठाइएको तामाङले जानकारी दिए । नेपाली किसानहरूले असार १५ मा दही चिउरा खाएर रोपाई गर्ने गर्छन् भने रोपाई सकिएर फुर्सद हुने भएपछि साउन १५ मा खीर खाने चलन रही आएको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।