
२३ जेठ, वीरगञ्ज । वीरगञ्जबाट प्रहरीले मोटरसाइकल चोरीमा संलग्न तीन जनालाई पक्राउ गरेको छ ।
बाराको जितपुर सिमरा उपमहानगरपालिका २१ बस्ने ३९ बर्षका नकुल रुम्बा तामाङ, मकवानपुर हेटौडा उपमहानगरपालिका १ बस्ने ३४ बर्षका रमेश लामा र हेटौंडा १० बस्ने ५० बर्षका अमितकुमार थापा पक्राउ परेका हुन् ।
जेठ २२ गते राति साढे ८ बजेतिर वीरगञ्ज महानगरपालिका १५ बसपार्कबाट बा ४८ प १८४५ नम्बरको मोटरसाइकलको लक तोडेर चोरी गरेर लैजाँदै गरेको अवस्थामा उनीहरुलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
उनीहरुलाई थप अनुसन्धान र कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा राखिएको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।