मकवानपुरको भीमफेदी कारागारमा ३५५ जना कैदीबन्दीमा कोरोना संक्रमण पुष्टि भएको छ । कारागारमा रहेका ९७० जना कैदीबन्दीमा गरिएको एन्टिजेन परीक्षणमा ३५५ जनामा संक्रमण पुष्टि भएको हो ।
केही कैदीबन्दीमा रुघाखोकीको समस्या देखिएपछि परीक्षण गरिएको थियो । संक्रमित १४ जनामा लक्षण देखिएपछि उपचारका लागि साउन ११ गते काठमाडौं पठाइएको भीमफेदी गाउँपालिकाका स्वास्थ्य संयोजक राममान थिङले जानकारी दिए ।
संक्रमित कैदीबन्दीलाई स्वास्थ सुरक्षाको मापदण्ड अनुसार आइसोलेसनमा राखेको जेलर नारायण पाण्डेले बताए । ‘संक्रमण देखिएकाहरुलाई प्रोटिनयुक्त खानेकुराको व्यवस्थापन गरिएको पनि उनले बताए ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।