शनिबार, साउन ३० २०८३
ताजा अपडेट

भागबन्डा मिल्याे, कुन दललाई कति मन्त्रालय ?


  • बिहिबार, साउन १४ २०७८
14.8K
SHARES

तस्विरः फाइल

सत्ता सञ्चालनका लागि नेकपा एमालेका माधव कुमार नेपाल सहित अन्य दलहरुसंग भागबण्डा मिलेको छ । प्रधानमनत्री निवास बालुवाटारमा बसेको बैठकले नेपाली कांग्रेस सहित सरकारमा सहभागी दलहरुले सम्हाल्ने मन्त्रालयको विषयमा सहमति जुटेकाे छ ।

दलहरुबीच भएकाे सहमती अनुसार अब प्रधानमन्त्रीलाई सरकार विस्तार गर्न बाटो खुलेको छ । सरकारमा कांग्रेस नेकपा माओवादी र जनता समाजवादी पार्टी सहभागी हुने सहमति भएको छ । नेकपा एमालेको माधवकुमार नेपाल भने सरकारमा सहभागी नहुने भएको छ ।

माधव नेपाल पक्षलाई सरकारी तथा संवैधानिक नियुक्तिमा अधिकतम अवसर दिने गरी काँग्रेस र माओवादी र जनता समाजवादी पार्टीले मन्त्रालयको भागबण्डा मिलाएका छन् ।

विहीबार बिहान बसेको शीर्ष नेताहरुको बैठकले काँग्रेसले प्रधानमन्त्रीसहित ८, माओवादी केन्द्रले ७ र जसपाले ७ मन्त्रालय पाउनुपर्ने प्रारम्भिक खाका तयार पारिएको छ ।

सरकारलाई पुर्णता दिदा २१ मन्त्रालय सहित अन्य ३ राज्यमन्त्री गरेर २५ सदस्यीय मन्त्रिपरिषद् बनाउन पाउने कानुनी व्यवस्था छ ।

कुन मन्त्रालय कसले पाउने भन्ने विषयमा पनि सामान्य छलफल भएको स्रोतको भनाइ छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा