सोमबार, कार्तिक १० २०८३
ताजा अपडेट

मन्त्री बन्नका लागि केपी ओली छाडेकाहरूले मुसा प्रवृत्ति देखाउँदै छन् : सांसद झपट रावल


  • बिहिबार, साउन १४ २०७८
8.9K
SHARES

फाइल तस्विर

नेकपा एमालेका केन्द्रीय सदस्य तथा सांसद झपट रावलले केपी ओली सत्ताबाट हटेपछि केही सांसदले मन्त्री बन्ने अवसर छोप्न मुसा प्रवृत्ति देखाएको आरोप लगाएका छन् ।
माधव नेपाल पक्षधर सांसद रावलसहित एमालेका १० जना सांसदले शेरवहादुर देउवालाई विश्वासको मत दिने बेला पार्टी एकता जोगाउन भन्दै मतदानमा भाग लिएका थिएनन् ।

तर केपी ओली पक्षमा रहेका प्रेम आले, किसान श्रेष्ठ, हिराचन्द्र केसी, धनबहादुर बुढासहित ८ जना सांसदले माधव नेपालसँगै देउवालाई विश्वासको मत दिएका थिए । उनीहरूप्रति लक्षित गर्दै रावलले मन्त्री पदको लागि अवसर खोज्दै हिँड्ने मुसा प्रवृत्ति भएको बताएका छन् ।

रावलले वक्तव्यमा भनेका छन्, ‘हिजो प्रतिगमनको मतियार बनेका र पार्टी अध्यक्षलाई प्रतिगामी कदम चाल्न उक्साउने स्वार्थी अवसरवादीहरू केपी ओली सत्ताबाहिर गएपछि मुसा प्रवृत्ति देखाइरहेका छन् । उनीहरू अहिले कोही हामी एमाले होइनौं भन्दै अदालततिर धाइरहेका छन् भने कोही मन्त्री पदको लागि अवसर खोज्दै छन् । अन्य मतियारहरूको कुरै नगरौं ।’

रावलले आफूहरँको लडाइँ संसद जोगाउन थियो, मन्त्री बन्नका लागि होइन भन्दै एमालेका २३ जना सांसदकै कारण संसद जोगिएको दावी गरेका छन् ।

वैशाख २७ मा केपी ओलीले विश्वासको मत लिने बेला अनुपस्थित भएका २८ जना र अदालतमा गएका २३ जना सांसदको प्राथमिकता अब एमाले जोगाउने रहेको भन्दै कसैको उक्साहटमा नलागी केपी ओली र माधव नेपालबीच संवाद हुनुपर्ने बताएका छन् ।

रावलले भनेका छन्, ‘सुदृढ र सबल नेकपा एमालेको विकल्प छैन ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा