शनिबार, साउन ३० २०८३
ताजा अपडेट

एक काँग्रेस नेता भन्छन् : भदौ १६ मा काँग्रेसको १४ औं महाधिवेशन “सम्झिने पानी छम्किने”


  • बिहिबार, साउन १४ २०७८
12.3K
SHARES

सभापति शेरबहादुर देउवा/वरिष्ठ नेता रामचन्द्र पौडेल

एक काँग्रेसका नेताले नाम नबताउने सर्तमा भदौ १६ मा काँग्रेस महाधिवेशन सम्झिने पानी छम्किने मात्र हो भनेका छन् ।

कुनै पनि हालतमा माहाधिबेसन भदौ १६ मा नहुने स्थिति रहेको उनको भनाई थियो । कांग्रेसको १४ औं महाधिवेशन आगामी भदौ १६ गतेदेखि आयोजना हुने कुनै सम्भावना छैन । तर, यो सत्य सार्वजनिक गर्न कुनै नेता तयार छैनन् उनी भन्छन ।

बुधबार कांग्रेसका शीर्ष नेताहरूको बैठकमा सभापति शेरबहादुर देउवाले भने महाधिवेशन भदौ १६ मै हुने बताएका छन ।

महाधिवेशन भदौ १६ मै हुन्छ भनेर सभापतिले भन्नुभएको छ । कसरी हुन्छ भन्ने पनि उहाँबाहेक अरुलाई थाहा छैन’, ति नेता भन्छन । बुधबारकै बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेलले महाधिवेशन एक दिन पनि सार्न नहुने बताए । तर, क्रियाशील सदस्यताको समेत टुंगो नलागेको अवस्थामा १ महिनाभित्रै कांग्रेसको वडादेखि केन्द्रसम्मको महाधिवेशन कसरी हुन्छ ?

पौडेलनिकट नेताहरू पनि ढुक्क छैनन् । ‘परिस्थिति हेर्दा महाधिवेशन नहुने निश्चित भइसकेको छ तर रामचन्द्र दाइको कन्फिडेन्स किन बढेको हो ? जसरी नि महाधिवेशन हुन्छ भन्नुहुन्छ’, पौडेलनिकट नेताहरूको भनाइ छ ।

नेपाली कांग्रेसको विधिसम्मत महाधिवेशन भदौ १६ मा हुन सम्भव छैन । किनकी निर्वाचन समितिले नै प्रक्रिया शुरू भएको कम्तीमा ५३ दिनपछि महाधिवेशन गर्न सकिने खाका शीर्ष नेताहरूलाई देखाइसकेको छ ।

निर्वाचन समितिले मतदाता नामावली प्रकाशन, निर्वाचन प्रतिनिधिको प्रशिक्षणदेखि सबै काम सकेर  अधिवेशन सक्दापनि ५३ दिन लाग्ने बताइसक्दापनि नेताहरु महाधिवेशनको विकल्प वा नयाँ मितिबारे बोल्न खोजिरहेका छैनन् । अहिले नै यसबारे बोल्दा महाधिवेशन गर्न नसकेको अपजस आइपर्ने चिन्ता नेताहरूमा देखिन्छ ।

भदौ १६ आउन ३५ दिन बाँकी छ । क्रियाशील सदस्यता छानविन समितिले प्रतिवेदन बुझाएपनि कतिपय जिल्लाको विवाद थाँती नै छ । समायोजनका नाममा बाँडिएका क्रियाशील सदस्यताको विवाद अझै सुल्झेको छैन । निर्वाचन निर्देशिका तयार भएकै छैन । यस्तो अवस्थामा नहुने महाधिवेशनको रटान लगाउन कांग्रेस नेताहरुले छाडेका छैनन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा