सोमबार, कार्तिक १० २०८३
ताजा अपडेट

दुई वडाध्यक्षसहित जुवाको खालबाट १५ पक्राउ


  • बिहिबार, साउन १४ २०७८
13K
SHARES

फाईल तस्बिर

हुम्लाको दक्षिण क्षेत्रमा रहेको अदानचुली गाउँपालिकाको मुख्य बजार क्षेत्रबाट दुई वडाध्यक्षसहित श्रीनगर प्रहरीचौकीले १५ जनालाई पक्राउ गरेको छ ।

नियमित गस्तीका क्रममा अदानचुली–३ स्थित स्वास्थ्यचौकी नजिकै रहेको एक होटल तथा पसलबाट जुवा खेलिरहेको अवस्थामा बुधबार रङ्गेहात पक्राउ गरिएको हो ।

तासप्रति कठोर नीति लिएको स्थानीय प्रशासनले जिल्ला सदरमुकाम सिमकोटमा जुवाकै खालबाट १९ जनालाई नगदसहित पक्राउ गरेको एक सातामै जिल्लाको अदानचुलीबाट तास खेल्नेलाई पक्राउ गरिएको हो ।

नियमितरूपमा खेल्ने गरेको सूचनासँगै नियमित गस्ती गएको अवस्थामा श्रीनगरका वर्ष रोकायाको पसलको माथिल्लो तलामा रहेको कोठामा तास खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको श्रीनगर प्रहरीचौकीका प्रहरी सहायक निरीक्षक कृष्णबहादुर बुढाले जानकारी दिए ।

उनका अनुसार गाउँपालिकाका जिम्मेवार व्यक्तिनै जुवा खेलिरहेको अवस्थामा फेला परेका हुन् । दुई वडाध्यक्ष, एक शिक्षक, दुई ठेकेदार, एक मानव अधिकारकर्मी र अन्य सर्वसाधारण गरी १५ जनाको टोलीलाई जुवाकै खालबाट पक्राउ गरिएको हो ।

उनीहरुलाई केही समय नियन्त्रणमा लिएको भए पनि प्रहरीले सोधपुछ गरी अबका दिनमा यस्तो कार्य नगर्ने कागजसहित जरिवाना तिरेपछि घर पठाएको छ ।

पक्राउ परेका दुई वडाध्यक्षलाई अबदेखि तास नखेल्ने र नखेलाउने कागजसहित अदानचुली–३ का जनकबहादुर विष्टको जिम्मा लगाइएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा