शुक्रबार, भाद्र १९ २०८३
ताजा अपडेट

प्रधानमन्त्री देउवा र प्रचण्डबीच भेटवार्ता, प्रचण्डले बुझाए मन्त्रीको लिष्ट (नामावलीसहित)


  • बिहिबार, साउन १४ २०७८
19K
SHARES

तस्विरः फाइल

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भेटवार्ता भएको छ । भेटमा प्रचण्डले आफ्नो तर्फबाट मन्त्री बन्ने नेताहरुको लिष्ट बुझाएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा मन्त्रिपरिषद विस्तारबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सोही छलफल पश्चात प्रचण्डले मन्त्रीको लिष्ट पनि बुझाएको श्रोतको भनाई छ ।

बिहान सत्ता गठबन्धनको बैठक बस्ने भनिए पनि देउवा र प्रचण्डबीचमात्र भेटवार्ता भएको हो । भेटवार्ता सकेर प्रधानमन्त्री देउवा सिंहदरबार प्रस्थान गरेका छन् । बुधबार बसेको सत्ता गठसत्ता गठबन्धनको बैठकले छिटो मन्त्रिपरिषद विस्तार गर्ने र मन्त्रीहरु टुंगो लगाउने जिम्मा शीर्ष नेताहरुलाई दिने निर्णय गरेको थियो ।

यसविच माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफ्नो पार्टीबाट मन्त्री बन्नेहरुको लिष्ट देउवालाई बुझाएका छन् । प्रचण्डले बुझाएको लिष्टमा समावेशीतालाई मुख्य आधार बनाइएको छ । मन्त्रालय बाँडफाँडमा सहमति नभएकाले अहिले मन्त्रीको लिष्ट आफै राख्न देउवाले प्रचण्डलाई भनेका थिए ।

प्रचण्डले देउवालाई दिएको लिष्टमा सुदन किराती, मात्रिका यादव, शशी श्रेष्ठ, देवेन्द्र पौडेल र महेश्वर गहतराज (अथक)को नाम छ । उनीहरुलाई दिने मन्त्रालयको टुङ्गो लागि नसकेको श्रोतको भनाई छ । गठबन्धनको बैठक बसेर मन्त्रालयको बारेमा टुङ्गो लगाएर सबैको एकैचोटी सपथ ग्रहण कार्यक्रम राख्न बालुवाटारको तयारी छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा