शुक्रबार, भाद्र १९ २०८३
ताजा अपडेट

एमसीसी र संघीयता भनिरहने हो भने गठबन्धनमा बसिँदैन : चित्रबहादुर


  • बुधबार, साउन १३ २०७८
11.4K
SHARES

फाईल तस्बिर

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सत्तारुढ गठबन्धनको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवालाई एमसीसीको पछि नलाग्न सुझाव दिएका छन् ।

मंगलवार साँझ अमेरीकी विदेशमन्त्रीसँगको टेलिफोन वार्तामा एमसीसी पारित गर्ने विषयमा छलफल भएको विज्ञप्ति सार्वजनिक भएको थियो । आज बसेको गठबन्धनको बैठकमा सरकार एमसीसी कसरी पास गर्ने भन्ने ध्याउन्नमा लागेको भन्दै आपत्ति जनाएका हुन् । आफूहरुले अग्रगमनका लागि गठबन्धनलाई साथ दिए पनि सरकार बन्नासाथ उसको प्राथमिकता कोभिडविरुद्ध नभइ एमसीसी र संघीयता बलियो बनाउनेतर्फ देखिएको बताएका छन ।

केसीले भने, ‘साथीहरू त सुध्रेलान भनेको फेरि उस्तै । एमसीसी कसरी पास गर्ने ?संघीयता कसरी जोगाउने यस्ता कुरामात्र आउन थाले । यसरी त सरकारलाई कसरी विश्वास गर्ने ? अहिले हाम्रो प्राथमिकता के हो ? मैले यही कुरा राखेको हुँ ।’

केसीले बैठकमा पनि सरकार एमसीसी पारित गर्न अग्रसर हुने हो भने आफूहरु गठबन्धनबाट बाहिरिने चेतावनी दिएका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा