गुल्मीको मुसिकोट नगरपालिका-४ स्थित दोभान भन्ने स्थानमा लु १ ज ४५५९ नम्बरको जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।
शान्तिपुरबाट सदरमुकाम तम्घासका लागि छुटेको जिप बिहान साढे ११ बजेतिर दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) गोपालचन्द्र भट्टराईले जानकारी दिए । भट्टराईका अनुसार मृतकको सनाखत भएकाे छैन ।
दुर्घटनामा अरु सात जना घाइते भएका छन् । घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको एसपी भट्टराईले जानकारी दिए । उनीहरुलाई उपचारका लागि जिल्ला अस्पताल तम्घास ल्याइँदैछ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।