सोमबार, कार्तिक १० २०८३
ताजा अपडेट

ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दम्पती मृत्यु


  • बुधबार, साउन १३ २०७८
6.7K
SHARES

दुर्घटना/ साङ्केतिक तस्बिर

पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको दमक नगरपालिका-४ स्थित चियादोकान सडकखण्डमा मंगलबार राति ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कनकाई नगरपालिका-३ का होटल व्यवसायी ४३ वर्षीय पूर्णबहादुर विष्ट र उनकी श्रीमती ३६ वर्षीया भीमा विष्ट रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । मृतक दम्पती सुरुङ्गास्थित होटल हेवनका सञ्चालक रहेको बुझिएको छ ।

प्रहरीका अनुसार राति १० बजेतिर पूर्वतर्फ आउँदै गरेको प्र२-०३-०१३प ४७८७ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको ना४ख ८७३० नम्बरको ट्रक एकापसमा जुधेका थियो ।

ठक्करबाट घाइते दम्पतीलाई उपचारका लागि दमकस्थित लाइफलाइन अस्पतालमा लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले बताएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा