नेकपा (एमाले) का नेता लालबाबु पण्डितले नागरिकता विधेयक छिटो पारित गर्न आग्रह गरेका छन् ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा उनले भने, ‘नागरिकता विधेयक छिटो पारित होस् । नेपाली नागरिकले छिटो नागरिकता प्राप्त गरुन् । निजामति विधेयक पनि छिटो पारित होस् ।’
उनले अपराधीहरू बालुवाटार नपुगुन् भनेर सचेत समेत बनाए । ‘अपराधीहरू प्रधानमन्त्री निवास वरिपरि नपुगुन्,’ पण्डितले भने, ‘यदि सरकारले अपराधी छोड्ने स्थिति हो भने अपराध मौलाउने हुन्छ ।’
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।