नेकपा एमालेका सांसद पदम गिरीले गठबन्धन सरकार बनेलगत्तै अपराधी र भ्रष्टाचारीहरूले उन्मुक्ति पाउन थालेको आरोप लगाएका छन् ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा विशेष समय लिएर बोल्दै सांसद गिरीले विजय गच्छदार सामान्य धरौटीमा छुट्नुले अब अफताब आलमहरू पनि छुटेर संसदमा आउने संकेत देखिएको दावी गरे ।
सांसद गिरीले भने, ‘यो निर्दलीय सरकार आउनासाथ बालुवाटारको जग्गा बेचबिखन गरेर खाने बिजय गच्छदार सामान्य धरौटीमा छुटेका छन् । भोलि कतै १२ जना मजदुरलाई भट्टामा पोल्ने अफताब आलमहरू पनि छुटेर यही ठाउँमा आउने त होइनन् ? सरकारले यो प्रवृतिलाई प्रश्रय दिने त होइन ? जनता चिन्तित छन् ।’
सांसद गिरीले शेरबहादुर देउवा नेतृत्वको सरकार प्रतिशोधको भावनाले अघि बढ्ने संकेत देखिएको भन्दै वृद्धभत्ता समेत कटाउने चिन्ता गाउँ-गाउँमा जेष्ठ नागरिकहरूले गर्न थालेको बताए ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।