शनिबार, साउन ९ २०८३
ताजा अपडेट

१० दिनभित्र एमाले विवादको छिनोफानो, ओलीले माधव छाड्ने भीम रावललाई च्याप्ने


  • सोमबार, साउन ११ २०७८
18.1K
SHARES

क्रमश केपी शर्मा ओली, भिम रावल र माधव कुमार नेपाल । तस्विरः फाइल

नेकपा एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले पार्टीको विवाद १० दिनमा वार कि पार हुने खुलासा गरेका छन् । पाल्पा पुगेर उनले वरिष्ठ नेता माधवकुमार नेपाललाई पर्खेर नबस्ने समेत बताएर एमालेको राजनीति निर्णायक मोडमा पुगेको संकेत गरेका हुन्।

एमाले अध्यक्ष  केपी शर्मा ओलीले माफी मागेर आएमा माधव नेपाललाई स्वागत गर्ने बताइसकेका छन् । तर, नेपालले ओलीले गल्ती गरेकाले उल्टै माफी माग्नुपर्ने बताएका छन् । यसबाट अब एमाले नमिल्ने निश्चितप्रायः भएको छ । सम्भवत यसै हप्ता एमाले विवादको टुंगो लागिसक्ने गरी कदम चाल्ने तयारीमा ओली पक्ष देखिन्छ ।

माधव नेपालको पूर्ण साथ छाडेर तटस्थ भूमिकामा रहेकाहरुलाई ओलीले महत्वपूर्ण जिम्मेवारी दिएर साथमा लिने रणनीति बनाइसकेका छन् । उपाध्यक्ष भीम रावलले एमालेमा विशेष जिम्मेवारी पाउन सक्ने बुझिएको छ । माधव नेपाललाई छाडेर उनी पक्षका हस्तीहरुलाई तान्ने गरी ओली लागेका छन् ।

रावलसहित सुरेन्द्र पाण्डे, गोकर्ण बिष्ट, योगेश भट्टराई र भीम आचार्यलाई विशेष जिम्मेवारीको प्रस्ताव पुगेको बुझिएको छ । रावलले पनि नेपाललाई साथ नदिने संकेत गरिसकेका छन् । उनलाई सार्वजनिक रुपमै नेपालले व्यङ्ग्य गरिसकेका छन् । प्रचण्डले पनि रावललाई कडा प्रहार हुनेगरी अभिव्यक्ति दिएका छन् । रावल ओली पक्षमा पुगिसकेको संकेतका रुपमा यसलाई बुझिएको छ ।

रावल ओली पक्षमा पुगेपछि बामदेव गौतम भने माधव नेपाल पक्षमा देखिएका छन् । गौतमलाई पनि पेल्ने ओलीको रणनीति देखिएको छ । नेपाल र गौतमलाई छाडेर ओलीले भीम रावल, सुरेन्द्र पाण्डे, गोकर्ण बिष्ट र योगेश भट्टराईलगायतलाई स्थान दिन लागेका छन् ।

 


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा