शुक्रबार, भाद्र १९ २०८३
ताजा अपडेट

रेशम चौधरीले भने : क्षमा चाहिँदैन, एक न्याय, दुई न्याय, तीन न्याय


  • सोमबार, साउन ११ २०७८
10.6K
SHARES

सनाखतका लागि डिल्लीबजार कारागारबाट निर्वाचन आयोग पुर्‍याइएका रेशम चौधरी जनता समाजवादी पार्टी (जसपा) को विवादमा तटस्थ बसेका छन् । तर आफ्नो रिहाइबारे राजनीतिक वक्तव्य दिएका छन् ।

महन्थ ठाकुर र उपेन्द्र यादवमध्ये कुन पक्षलाई आधिकारिकता दिने भनेर सुनुवाइ गरिरहेको आयोगले सोमबार कार्यकारिणी सदस्यहरुलाई सनाखतका लागि सोमबार बोलाएको थियो ।

५१ सदस्यीय कार्यकारिणी समितिका सदस्य रेशम भने टीकापुर घटनामा दोषी ठहर भएर जन्मकैदको सजाय काटिरहेका छन् ।

निर्वाचन आयोगले डिल्लीबजार कारागारमै कर्मचारी पठाएर सनाखत गर्न चाहेको थियो । तर रेशमले मानेनन् र निर्वाचन आयोगमै उपस्थित हुने बताए । आयोगको आग्रहमा कारागार प्रशासनले उनलाई सोमबार अपरान्ह उपस्थित गरायो ।

अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवसँग छुट्टाछुट्टै छलफल गरेका उनले कुनै पक्षमा सनाखत गरेनन् । तर बाहिरिने क्रममा आफ्नो मुद्दामा बोलेका छन् । राजनीतिक मुद्दाका कारण आफू जेलमा बस्नुपरेको भन्दै उनले भने, ‘मेरो मुद्दामा मेरो पार्टी कत्तिको लडिरहेको छ, त्यो उहाँहरको दृष्टिकोण होला ।’

कठघरामा उभिएर जति सत्य बकेपनि दोषी ठहर गरिएको भन्दै उनले भने, ‘श्रीमान ! न्याय देउ हामीलाई, क्षमा चाहिँदैन । दोषीलाई दण्ड देऊ, निर्दोषीलाई थुन्न पाइँदैन ।’

अघि भने, ‘एक न्याय, दुई न्याय, तीन न्याय ।’


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा