शुक्रबार, असोज ३० २०८३
ताजा अपडेट

महन्थ राजेन्द्रलाई ठुलो झड्का , उपेन्द्रको पक्षमा बहुमत 


  • सोमबार, साउन ११ २०७८
9.9K
SHARES

फाईल तस्बिर

जनता समाजवादी पार्टीको उपेन्द्र पक्षमा ३४ सांसदको सनाखत भएपछि अर्को समूहमा रहेका महन्थ राजेन्द्रलाई गतिलो झड्का लागेको छ । अध्यक्ष यादव अहिले जेलमा रहेका रेशम चौधरी पर्खेर बसेको बुझिएको छ । चौधरीले हस्ताक्षर गरेमा ३५ जना यादवको पक्षमा हुनेछन्।

जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर पक्षको पक्षमा १६ जना कार्यकारिणी सदस्य देखिएका छन् ।

५१ सदस्यीय कार्यकारिणी समितिका सदस्यहरुलाई निर्वाचन आयोगले हेड काउन्टका लागि बोलाएको थियो । उपेन्द्र यादवको पक्षमा बहुमत देखिएको छ । आफूहरुको पक्षमा १६ जनाले हस्ताक्षर गरेको ठाकुर पक्षका नेता शरतसिंह भण्डारी बताउछन  ।

लामो समय महन्थ ठाकुर, राजेन्द्र महतोको पक्षमा खुलेका मनिष सुमनलेसमेत अध्यक्ष यादवतिर हस्ताक्षर गरेका छन्। आयोगले जसपाका केन्द्रीय कार्यकारिणी समितिका सदस्यलाई सनाखतका लागि बोलाएको हो। जसपाको कार्यकारिणी समितिमा ५१ जना रहेका छन्।

यता महन्थ ठाकुर पक्ष भने हेड काउन्ट रोक्न आयोगमा निवेदन दिएको थियो। उक्त निवेदनलाई आयोगले अस्विकार गरेको छ। आयोगले जसपाको आधिकारिकताबारे आजै निर्णय सुनाउने सम्भावना छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा