शुक्रबार, भाद्र १९ २०८३
ताजा अपडेट

किन जाँदै छन् निर्वाचन आयोग, टिकापुर घटनामा जेल जीवन बिताइरहेका रेशम चौधरी


  • सोमबार, साउन ११ २०७८
13.9K
SHARES

फाईल तस्बिर

जनता समाजवादी पार्टी नेपालका कार्यकारिणी सदस्य रहेका  टिकापुर घटनाका दोषी रेशम चौधरी निर्बाचन आयोग जाने भएका छन  चौधरी कसको पक्षमा सनाखत गर्ने अझै खुलेको छैन । जसपामा आधिकारिकता विषयमा विवाद हुँदा निर्वाचन आयोगले हेड काउन्टका लागि ५१ सदस्यीय कार्यकारिणी सदस्यलाई सनाखतका लागि बोलाएको हो ।

टिकापुर घटनाका जेलमा रहेका  चौधरी महन्थ ठाकुर पक्षका  हुन् । पछिल्लो समय उनी महन्थ ठाकुर र राजेन्द्र महतोप्रति पनि असन्तुष्टि जनाउँदै आइरहेका थिए ।

उता, थरुहट पक्षका अभियन्ताहरुले कसैको पक्षमा सनाखत नगर्न सुझाव दिएका थिए । तर उनी कसैको सुझावलाई नमान्दै आज एउटा पक्षमा सनाखत गर्ने बुझिएको छ ।

चौधरीको परिवारका अनुसार सनाखतका लागि उनी आफै निर्वाचन आयोगमा जाने छन् । जसपामा आधिकारिकता विषयमा विवाद हुँदा निर्वाचन आयोगले हेड काउन्टका लागि ५१ सदस्यीय कार्यकारिणी सदस्यलाई सनाखतका लागि कार्यकारिणी सदस्य भएका कारण चौधरी  निर्बाचन आयोगमा सनाखतका लागि जाना लागेका हुन ।

हालसम्म उपेन्द्र यादवको पक्षमा बहुमत देखिएको छ । उपेन्द्र यादवले ३३ जना सदस्यलाई गोदावरीको एक रिसोर्टमा हिजोदेखि राखिएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा