सोमबार सबैले आफ्नो घरमा वा मन्दिरमा गएर भगवान शिवको पूजा गर्ने गर्छन् ।
हिन्दु धर्म अनुसार भगवान् मध्ये सबैभन्दा सर्वश्रेष्ट भगवान् शिवजीलाई मान्ने गरिन्छ । शिवजीकाे लागि सोमबारको दिन विशेष महत्वको दिन हो । यस दिनमा शिवजीको पुजा आरधना गरे शिवजी चाँडै नै खुसी हुन्छन् भन्ने धार्मिक मान्यता छ । सोमबारका दिनमा शिव मन्दिर गई विशेषतः ‘अर्धनारीश्वर पुजा’ गर्ने अनि ‘ऊँ नमः शिवाय’ मन्त्र जप्नुपर्दछ। अझै सोमबारको दिन शिवजीको पुजा गर्नेबेला शिवपुराण पढ्दा शिवजी खुसी भई भई मागेको कुरा पुग्ने जनविश्वास रहेको छ ।
शिवपुराणका अनुसार शिवजीको पुजा आरधना गर्दा गोलाईँती फूल (केताकी फूल) कहिल्यै पनि चढाउनुहुँदैन, यदि चढाएमा अशुभ हुनेछ भन्ने छ ।
किन चढाउनुहुँदैन केताकी फूल ?
एकदिन, विष्णु भगवान र ब्रह्मादेवको बीचमा ‘को बलियो’ भन्ने विषयमा घमासान युद्ध भइरहेको थियो। अनि जब उनीहरूले एकदमै खतरनाक अस्त्र प्रयोग गर्न लागे, तब उनीहरूको बीचमा ज्योतिर्लिङ्ग बनेर शिवजी प्रस्थान गर्नुभयो। त्यसपछि शिवजीले विष्णु र ब्रह्मालाई ज्योतिर्लिङ्गको फेद र टुप्पो पत्ता लगाउन आदेश दिए।
यो फूलको नाम ठाउँअनुसार फरक पर्ने हुन्छ। मध्यपश्चिमी क्षेत्रतिर यो फूललाई ‘गोलाईँती फूल’ भन्ने गरिन्छ भने पुर्ब पहाडतिर चुवा पूल,
तराई क्षेत्रमा यो फूललाई केताकी फूल भन्ने गरिन्छ।
विष्णु देवले पनि शिवजीको आदेश मानी फेद खोज्न हिँडे, तर फेला पार्न सकेनन् । टुप्पो खोज्न हिँडेका ब्रह्मदेवले जुक्ती लगाए र गोलाईँती फूललाई आफुसँगै ढाँट्न आदेश दिए। दुवैजना फर्किए र विष्णुले हार स्वीकारे। तर ब्रह्माले ज्योतिर्लिङ्गको टुप्पो फेला पारेको भनी ढाँटे। गोलाईँती फूल पनि ब्रह्माकै कुरामा सहमत जनाउँदै शिवलाई ब्रह्माले टुप्पा फेला पारेको कुरामा हो हो मिलायो।
तर, ब्रह्माले ढाँटेको भनेर शिवजीले थाहा पाइहाल्नुभयो, किनभने उक्त ज्योतिर्लिङ्ग अनन्तसम्म फैलिएको थियो। ब्रह्मा र गोलाईँती फूलको त्यो झूटबाट क्रोधित शिवजीले ब्रह्माको एउटा टाउको काटिदिनुभयो र कसैले पनि उनलाई भगवान भनेर पुजा नगरून् भनेर ब्रह्मादेवलाई श्राप दिनुभयो। त्यसपछि, शिवजीले गोलाईँती फूलतर्फ फर्केर उनको पुजा गर्दा कहिल्यै पनि सो फूल प्रयोग गर्न नपाऊन् भनेर श्राप दिए । शिवको पुजामा केतकीको फुल बर्जीत गरिएको छ ।