शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

बादल सहितका यी नेताले ओलीको साथ छाड्दै, विप्लवसंग मिलेर नयाँ पार्टी बनाउने तयारी !


  • आइतबार, साउन १० २०७८
14.6K
SHARES

फाइल तस्विर

काठमान्डौ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र माओवादी केन्द्रवाट नेकपा (एमाले) वनेका नेता रामबहादुर थापा ‘बादल’ विच नयाँ भेटवार्ता भएको छ ।

एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई छोडेर वृहत कम्युनिष्ट मोर्चा वनाउने चर्चा चलिरहेका वेला विप्लव र वार्ता विच भएको भेटलाई निकै अर्थपुर्ण तवरबाट हेरिएको छ ।

वादल र विप्लवको भेटले ओलीलाई एक्ल्याएर गर्न खोजिएको वृहत कम्युनिष्ट मोर्चामा असर पर्न सक्ने आशंका समेत सुरु भएको छ । पार्टीका प्रवक्ता खड्गवहादुर विश्वकर्मासहित विप्लव शनिबार दिउँसो ४ बजे जोरपाटीस्थित वादलको निवासमा पुगेका थिए।

करिब दुई घण्टा संवाद भएको बादलनिकट एक नेताले बताए। विप्लवले शनिवार विहान जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरसँग उनकै निवास हात्तिवनमा भेटवार्ता गरेका थिए।

विप्लवले पछिल्लो समय राजनीतिक भेटघाटलाई तीव्रता दिएका छन्। उनले प्रायः सबै प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुसँग भेटवार्ता गरिसकेका छन्। माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली, राप्रपाका अध्यक्ष कमल थापा लगायतका नेताहरुसँग उनले भेट गरिसकेका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा