शुक्रबार, असोज ३० २०८३
ताजा अपडेट

डीआईजी श्रेष्ठलाई अवकाश नदिन सर्वोच्चको अन्तरकालीन आदेश


  • आइतबार, साउन १० २०७८
9.9K
SHARES

फाईल तस्बिर

काठमाडौं । सर्वोच्च अदालतले सशस्त्र प्रहरी नायब महानिरीक्षक प्रविणकुमार श्रेष्ठलाई अनिवार्य अवकाश दिने निर्णय कार्यान्वयन नगर्न सरकारका नाममा अन्तरकालीन अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले श्रेष्ठलाई अनिवार्य अवकाश भएको भनी सशस्त्र प्रहरी बलले असार ११ गते दिएको पत्र यथास्थितिमा राख्न अन्तरकालीन अन्तरिम आदेश दिएको हो ।

अन्तरिम आदेशका लागि सर्वोच्चले दुबै पक्षलाई साउन १३ गते छलफलमा बोलाएको छ । आफ्नो पदावधि सकिएको भनी सशस्त्र प्रहरी बलले पत्र दिएपछि डीआईजी श्रेष्ठले  त्यसविरुद्ध सर्वोच्च अदालतमा रिट दिएका थिए ।

सर्वोच्चले श्रेष्ठको पदावधि एक वर्ष थप गर्ने विषयमा सशस्त्र प्रहरी महानिरीक्षकबाट गृह मन्त्रालयमा सिफारिससमेत भएको सम्बन्धमा मन्त्रालयले के कस्तो कारबाही अघि बढाएको र कुन कारणले पदावधि थप नगरिएको हो भन्ने विषयमा दुबै पक्ष राखेर छलफल गर्नुपर्ने उल्लेख गरेको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा