सरकारी स्वामित्वमा रहेको नेपाल टेलिकमका कर्मचारी युनियनहरुले नयाँ विनियमावली संशोधन नगरेसम्म प्रबन्ध निर्देशक (एमडी) डिल्लीराम अधिकारीलाई कार्यालय प्रवेश गर्न नदिने चेतावनी दिएका छन् ।
आफ्नो निहित स्वार्थका लागि कर्मचारीहरुको हितविरुद्ध हुने गरी नयाँ विनियमावली ल्याएको दावी गर्दै सो विनियमावली संशोधन गरेर आफूहरुको माग सम्बोधन नगरेसम्म एमडी अधिकारीलाई कार्यालय प्रवेश गर्न नदिने प्रतिक्रिया दिएका हुन ।
४ दिनयता सो विनियमावलीको विरोधमा टेलिकम केन्द्रिय कार्यालयमा धर्नासहितको विरोध प्रर्दशन गर्दै आएका छन । एमडी अधिकारीले आफ्नो निहित स्वार्थ पूर्ति हुने गरी सो विनियमावली ल्याएकोमा आपत्ति जनाउँदै संघर्षलाई निरन्तरता दिनु परेको नेपाल टेलिकम कर्मचारी युनियनका कार्यबाहक अध्यक्ष विरेन्द्रलाल जोशीले बताए । उनले राजनीतिक नियुक्ती पाएका एमडीलाई पनि ५८ वर्षे उमेर हद लगाएर एमडी अधिकारीले आफ्नो सेवा अवधि थप गर्ने गरी विनियमावली ल्याएको उल्लेख गर्दै आक्रोश व्यक्त गरे ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।