शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

विश्व वातावरण दिवसको अवसरमा स्किम्सको सरसफाइ फेरी कार्यक्रम (भिडियो)


  • बुधबार, जेष्ठ २२ २०७६
39.3K
SHARES

काठमाडौँ ।

विश्व वातावरण दिवसको अवसरमा काठमाडौँ महानगरपालिका वडा नम्वर ३, स्किम्स पब्लिक स्कूल र शिखरदीप बहुउद्देश्य सहकारी संस्थाको संयुक्त आयोजनामा सरसफाई तथा प्रभात फेरी कार्यक्रम सम्पन्न भएको छ ।


बुधबार विद्यार्थी, कर्मचारी तथा स्थानीय जनप्रतिनिधिको उपस्थितिमा सरसफाई तथा प्रभात फेरी कार्यक्रम सम्पन्न गरिएको हो ।


बिहान ८ बजेदेखि १० बजेसम्म चलेको उक्त सरसफाई तथा फेरी कार्यक्रम स्कूलको प्रांगणदेखि बासबारी पिपलबोट, चप्पलकारखाना चोक हुँदै चक्रपथसम्म चलेको थियो ।


विद्यार्थीहरुले वातावरण संरक्षण सम्बन्धि विभन्न व्यानर प्रदर्शन गरेका थिए भने वातावरण जनचेतना मुलक माईकिङ्ग पनि गरिएको थियो ।


प्रभात फेरीमा काठमाडौँ महानगरपालिका वडा नम्वर ३ का वडाअध्यक्ष दिपक केसी पनि सहभागि भएका थिए । यस्तै शिखरदी बहुउद्देश्य सहकारीका कर्मचारी एवं स्किम्सका विद्याथीहरुको उल्लेख्य सहभागीता रहेको थियो ।

सोही कार्यक्रममा केन्द्रित हुँदै केटिएम खबरका लागि श्याम कार्कीले वडाअध्यक्ष दिपक केसी, स्किम्स पब्लिक स्कूलका प्रिन्सिपल आर.पी. खतिवडा, शिखरदीप बहुद्देश्य सहकारी संस्थाका चक्रपथ व्रान्चका इन्चार्ज विजय तामाङ, नेप्से म्याकका प्रवन्धक मित्र प्रसाद घिमिरेसंग स्थलगत सम्वाद गरेका छन् । प्रस्तुत छ सोही कुराकानीको सम्पादित भिडियो अंशः

थप तस्विरः

 


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा