सोमबार, कार्तिक १० २०८३
ताजा अपडेट

गुरुको सम्मान गर्दै आज गुरुपूर्णिमा मनाइँदै


  • शनिबार, साउन ९ २०७८
17.3K
SHARES

फार्ईल तस्बिर

आज गुरुहरुको सम्मान गर्दै गुरुपूर्णिमा मनाइँदैछ । हरेक वर्ष आषाढ शुक्ल पूर्णिमाका दिन यो पर्व मनाइँदै आएको छ । मन्त्र सुनाउने र अक्षर चिनाउने गुरुप्रति सम्मान प्रकट गुरुपूर्णिमा मनाइने चलन छ ।

पर्वका अवसरमा गुरुलाई मीठा खानेकुरा र विभिन्न उपहार प्रदान गरेर यो पर्व मनाइन्छ । ‘गु’ को अर्थ अन्धकार र ‘रु’ भन्नाले प्रकाश बुझिन्छ । ज्ञानरुपी प्रकाशले अज्ञानरुपी अन्धकारको नाश गराउने व्यक्तिलाई गुरु मानिने गरिएको छ ।

गुरुपूर्णिमाका अवसरमा विद्यालय एवम् विभिन्न सङ्घसंस्थाले विभिन्न कार्यक्रम गरी शिक्षादीक्षा दिने गुरुप्रति श्रद्धाभाव प्रकट गर्दैछन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा