नेकपा एमालेका महासचिव इश्वर पोखरेलले पार्टीलाई घात गर्नेहरू एमाल हुनै नसक्ने बताएका छन् ।
शुक्रबार एमाले काठमाडौँ – ४ नम्बर वडा कमिटीले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा महासचिव पोखरेलले पछिल्लो समय पार्टी भित्र रहेर पार्टी विरुद्ध गतिविधि हुँदै आएको भन्दै पार्टीलाई घात गर्नेहरु एमाले हुनै नसक्ने बताएका हुन् ।
एमालेमा रहेर एमालेकै सरकार ढाल्नेहरुलाई अब एमाले भन्न नमिल्ने उनको तर्क छ । पोखरेलले नराम्रोलाई नराम्रो भन्न सक्ने एमाले हुने र गलत कुराको पक्ष लिनेलाई एमाले भित्र कुनै ठाँउ नरहेको बताए । एमालेलाई कमजोर पार्ने काम एमालेभित्र रहेर हुनै नसक्ने उनको भनाइ छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।