शनिबार, साउन ३० २०८३
ताजा अपडेट

ज्ञान प्रदान गरी अज्ञान हटाउने व्यक्ति नै गुरु : प्रधानमन्त्री देउवा


  • शनिबार, साउन ९ २०७८
11.3K
SHARES

फाईल तस्बिर

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ज्ञान प्रदान गरी अज्ञान हटाउने व्यक्ति नै गुरु भएको बताएका छन् ।

असार शुक्ल पूर्णिमा अर्थात गुरु पूर्णिमा तथा व्यास दिवसका अवसरमा उनले एक सन्देशमार्फत आफ्ना गुरु र सम्पूर्ण गुरुहरुप्रति नमन गर्दै शुमकामना व्यक्त गरेका छन् ।

ज्ञान र चेतनाको माध्यमबाट मानव मनमा नैतिकताको विकास गराउने सदगुरुप्रति जति नै आदर सत्कार गरे कम नै हुने उल्लेख गर्दै प्रधानमन्त्री देउवाले ज्ञान प्रदान गरी अज्ञान हटाउने व्यक्ति नै गुरु भएको र मातापिताजस्तै गुरुलाई पनि देउता समान मानिएकाले आचार्य देवो भवः भन्ने गरिएको बताएका छन् ।

उनले हरेक मानिसलाई सत्मार्ग देखाउँदै शिक्षा र चेतनाले मानव मनमा नैतिकता र सदाचारिताको विकास गराउनेप्रति आदर सत्कार गर्नुभएको छ । गुरु पूर्णिमा कै दिन वेदव्यासको सम्झनामा व्यास जयन्ती पनि मनाउने गरिन्छ । ऋग्वेद, यजुर्वेद, सामवेद र अर्थववेद गरी वेदलाई चार भागमा विभाजन गरी यसको अर्थ बुझाउन सरल संस्कृत भाषामा १८ पुराण र १८ उपपुराणको रचना गर्ने वेदव्यासको सम्झनामा व्यास जयन्ती मनाउने गरिन्छ ।

वेदव्यासले वेदान्त, १८ पुराण, उपनिषद्लगायत धार्मिकग्रन्थ लेखी हिन्दू संस्कृतिलाई ठूलो गुण लगाएको मानिन्छ । व्यासले पुराण उपपुराणका माध्यमबाट अरुको उपकार गरे धर्म हुन्छ भन्दै अरुलाई पीडा दिए पाप लाग्छ भनी मानवतावादी सन्देश दिएको कुरा धर्मग्रन्थमा उल्लेख पाइन्छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा