शुक्रबारदेखि अनलाइनबाटै सवारी साधनको ब्लुबुक नवीकरण गर्न सकिने भएको छ । पहिलो चरणमा बागमती प्रदेशभित्र सवारी कर, जरिवाना लगायतका राजस्व भुक्तानीसँगै ब्लुकुब नवीकरण पनि अनलाइनबाटै गर्न सकिने भएको हो ।
प्रदेश राजधानी हेटौडामा मुख्यमन्त्री डोरमणि पौडेलले भोलस् शुक्रबार यो सेवाको उद्घाटन गर्ने छन् । प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयका अनुसार वेबपोर्टल र नागरिक एपबाट यो सुविधा पाईनेछ ।
यसका लागि प्रदेश सरकारले छुट्टै यातायात व्यवस्थापन सूचना प्रणाली (टीएमआईएर्स तयार पारेको छ । प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गतका यातायात व्यवस्था कार्यालय वा अन्य सेवा कार्यालयका सेवाहरू अब यही प्रणालीमार्फत अनलाइनमै उपलब्ध हुनेछन् ।
यो सेवा अन्य प्रदेशका यातायात व्यवस्था कार्यालयमा पनि विस्तार गर्ने तयारीमा केन्द्र सरकार छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।