बिहिबार, कार्तिक २० २०८३
ताजा अपडेट

विश्व वातावरण दिवसको अवसरमा मञ्जरीको प्रभात फेरी (फोटोफिचर)


  • बुधबार, जेष्ठ २२ २०७६
35.8K
SHARES

काठमाडौँ ।

बूढानिलकण्ठ नगरपालिका स्थित गोल्फुटार, स्पेशल चोकमा रहेको मञ्जरी सेकेण्डरी स्कूलले बुधबार विश्व वातावरण दिवसको अवसरमा सरसफाइ तथा प्रभात फेरी गरेको छ । विद्यार्थीहरुको उल्लेख्य सहभागितामा रसफाइ तथा प्रभात फेरी गरिएको हो ।

बूढानीलकण्ठ नगरपालिकाको अग्रणी शैक्षिक संस्थाको रुपमा विकास भई रहेको मञ्जरी सेकेण्डरी स्कूलको यस कदमको प्रशंसनिय रहेको छ । विद्यार्थीहरुलाई प्रयोगात्मक शिक्षा दिने हेतुका साथ मञ्जरीले विभिन्न सामाजिक कार्यदेखि विभिन्न खेलकुदका गतिविधि, सिसिए गतिविधि, लोक कल्याणकारी विषयको ज्ञान बाड्नुको साथै विभिन्न कार्यहरु गर्दै आएको छ । अभिभावक, विद्यार्थी, स्थानियहरुको मञ्जरीको यस खालको गतिविधिको समर्थन जनाउदै आएका छन् । विद्यालय स्तरमा यी र यस्ता कार्यक्रमहरु तालिका बनाएरै गर्न आवश्यक रहेको, एक अभिभावकले केटिएम खबरलाई बताए ।

नर्सरीदेखि कक्षा १० सम्मको अध्ययन हुने गर्दछ मञ्जरी सेकेण्डरी स्कूलमा । विद्यार्थीहरुको प्रभावकारी शिक्षा बनाउनका निमित्त अभिभावक प्रशिक्षण कार्यक्रम, शिक्षक तालिकदेखि विद्यार्थी काउन्सिल कार्यक्रमको आयोजना गर्दै आएको छ ।


विद्यार्थीहरुको उल्लेख्य सहभागितामा बुधबार बिहान ७ बजेदेखि ९ः३० बजेसम्म सरसफाइ तथा प्रभात फेरी गरिएको प्रिन्सिपल टिका गौतमले बताए ।


स्कूलको प्रांगण हुँदै हात्तिगौडा, चपली, बूढानीलकण्ठसम्म प्रभात फेरी गरिएको थियो । फेरीको क्रममा विद्यार्थीहरुले सडकको सरसफाई गरेका थिए भने वातावरण सम्वन्धि जनचेताको व्यानरको प्रदर्शन समेत गरेका थिए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा