सोमबार, कार्तिक १० २०८३
ताजा अपडेट

अमरेश कुमार सिंहलाई कारबाही गर्न उनकै जिल्लाका जनप्रतिनिधिको माग


  • शुक्रबार, साउन ८ २०७८
11.5K
SHARES

फाइल तस्विर

क्रियाशील सदस्यता वितरणमा असन्तुष्टि जनाउँदै प्रतिनिधि सभा सदस्य पदबाट राजीनामा बुझाएका नेपाली कांग्रेसका सांसद अमरेश कुमार सिंहलाई उनकै जिल्लाका जनप्रतिनिधि तथा नेताहरुले कारबाही गर्न माग गरेका छन् । अमरेशलाई कारबाही नगरिए आफूहरुले पदबाट राजीनामा दिने घोषणा उनीहरुले गरेका छन् ।

पार्टीको क्रियाशील सदस्यता वितरणमा धाँधली भएको भन्दै अमरेशले बुधबार पार्टी सभापति देउवा समक्ष राजीनामा बुझाएका थिए । कांग्रेसबाट प्रदेशका मन्त्री बनेका प्रदेश सांसदसहित १२ जनाले बिहीबार साँझ पार्टी सभापति शेरबहादुर देउवालाई ध्यानाकर्षण पत्र पठाउँदै सांसद सिंहको तानाशाही र अधिनायकवादी प्रवृत्तिबाट सर्लाही क्षेत्र नम्बर ४ का नेता/कार्यकर्ता आतंकित भइसकेको भन्दै उनीमाथि कारबाहीको माग गरेका हुन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा