प्रतिनिधिसभा पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको फैसला पछि, नेकपा एमालेका अध्यक्षcले प्रधानमन्त्री पद गुमाउनुपर्यो ।
३० असारमा दलबलसहित बालुवाटारबाट घर फर्किएका ओली बार्दलीमा बसेर आफ्नै पार्टीका नेता माधवकुमार नेपालमाथि बार्दलीबाट ‘गद्दार’ घोषणा गरे । जुन घोषणा सुनेका हरूलाई लाग्यो अब माधव नेपाल पार्टीमा अटाउने कुनै ठाउँ रहेन तर त्यस्तो भएन लगत्तै बसेको केन्द्रीय कमिटी बैठकबाट ओलीले एकाएक आम माफी दिने घोषणा गरे ।
ओलीले गद्दार’ घोषणा गरे सँगै ओलीनिकट नेताहरूले पनि नेपाललाई गद्दार’ घोषणा भन्न भ्याए । ओलीनिकट मानिने स्थायी कमिटी सदस्य एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘अन्तर पार्टी सङ्घर्षमा गुप्त रूपमा विरोधीलाई जिताएर आत्मसन्तुष्टि लिने कुरा अन्तर्घात हो भने खुलेआम त्यसो गर्नु र गराउनु गद्दारी हो भन्न भ्याए ।
बुधबार केन्द्रीय कमिटी बैठकमा ओलीले अझ अगाडि बढेर भने, ‘माधव नेपालले गरेको गद्दारी गिनिजबुकमै लेखिनेछ ।’ उनले माधव नेपाललाई माउसुलीको पुच्छर र ऐंजेरुको संज्ञा दिन पनि पछि परेनन् । ‘समयमै पलाएको ऐंजेरु उखेल्न नसक्नु हाम्रो कमजोरी हो’ उनले अघि भने, ‘माउसुलीले कहिलेकाहीं पुच्छर फालिदिन्छ । त्यसकारण ऊ आत्तिंदैन, किनकि पुच्छर तुरुन्तै पलाउँछ । अहिले पुच्छर फाल्नु परे पनि तयार हुनुपर्ने बेला आएको छ ।’
नेता नेपालप्रति आक्रामक अभिव्यक्ति दिएका ओली बिहीबार भने नरम देखिए ।’
पुष्पलाल स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा एक घण्टा लामो भाषण गरेका उनले नेता नेपालको नाम लिएर कुनै टिप्पणी गरेनन् ।
बरु बाटो बिराएका भड्किएका नेताहरु भन्दै आममाफी दिने घोषणा गरेका छन् । ‘हामी को कहाँ छौं, त्यो कुरा छाडिदिउँ । देश र जनताको कुरा गरौं’ उनले अगाडि भनेका छन्, ‘अब विवाद छाडौं, पार्टी एकताको कुरा गरौं ।’
केन्द्रीय कमिटी बैठकमा पनि अध्यक्ष ओलीले पार्टीको एकता सुदृढ गर्ने गरी आउन चाहे विगतका गल्ती बिर्सिएर स्वागत गर्न सकिने बताए । बैठकले पनि स्पष्टीकरण सोधिएका नेता नेपालसहित २२ सांसदबारे केही निर्णय गरेन । बरु पार्टी एकताका लागि भइरहेको प्रयासलाई निरन्तरता दिने र अन्तिमसम्म प्रयत्न गर्ने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवाली बताउँछन् ।
यसले प्रस्टै भन्न सकिन्छ, हतारमा गाली गर्ने र फुर्सदमा पश्चात्ताप गर्ने ओलीको चरित्र देखियो ।