सोमबार, कार्तिक १० २०८३
ताजा अपडेट

कांग्रेसले बालुवाटारमा पार्टीको बैठक नराख्ने


  • बिहिबार, साउन ७ २०७८
10.1K
SHARES

फाईल तस्बिर

नेपाली कांग्रेसले पार्टीको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नगर्ने भएको छ ।

कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले पार्टीको बैठक सरकारी निवासमा गर्ने विगतको गलत परम्परा तोड्ने बताएका छन् ।

बिहीबार दिउँसो ट्विटरमा उनले लेखेका छन्, ‘विगतको गलत गलत परम्परालाई तोड्दै अबदेखि नेपाली काँग्रेस पार्टीको औपचारिक बैठकहरु प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नगरिने ।’

महामन्त्री खड्काले कांग्रेसको पार्टी पदाधिकारी र पूर्वपदाधिकारी बैठक साउन ८ गते बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बस्ने बताएका छन् ।

पार्टी बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा राखेको भन्दै आलोचना भएपछि देउवाले आफ्नै निजी निवासमा बैठक बोलाएका हुन् । पार्टी कार्यालय सानेपामा विभिन्न जिल्लाका नेता कार्यकर्ताहरु धर्नामा बसेपछि कांग्रेस पदाधिकारी बैठक बुढानिकलण्ठमा राखिएको कांग्रेसका एक नेताले बताए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा