स्वास्थ मन्त्रालयले कोरोनाभाइरसको चुनौतिपूर्ण तेस्रो लहर आउनसक्नेतर्फ सचेत गराउँदै अक्सिजन र शैय्याजस्ता पूर्वाधारलाई चुस्त दुरुस्त राख्न स्वास्थ्य संस्थाहरुलाई निर्देशन दिएको छ ।
मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गर्दै संक्रमण घट्न नसकेकोमा चिन्ता व्यक्त गरेको छ ।
मोरङ, सुनसरी, झापा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, कास्की, रुपन्देही र कैलालीमा ५०० भन्दा बढी सक्रिय संक्रमित रहेको जनाउँदै मन्त्रालयले २६ जिल्लामा २०० भन्दा बढी सक्रिय संक्रमित रहेको जनाएको छ ।
निषेधाज्ञा खुकुलो भएको अवस्थामा अझैपनि नबुझी र खुल्लमखुल्ला ढंगले जनस्वास्थ्यका मापदण्डको उल्लंघन भैरहेको जनाउँदै मन्त्रालयले जनस्वास्थ्यका मापदण्ड पालना गराउन सबै निकायलाई अनुरोध समेत गरेको छ । खोप केन्द्रमा आफ्नो पालोमा पुगेर खोप लगाउन र भीडभाड नगर्न समेत मन्त्रालयले अनुरोध गरेको छ ।
वर्तमान संक्रमणको अवस्थाले चुनौतिपूर्ण तेस्रो लहर आउनसक्नेप्रति मन्त्रालयले सजग गराएको छ ।

खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।